फाइल

अन्तर्राष्ट्रिय

मङ्गोलियामा ग्यास विस्फोट : थप दुई जनाको मृत्यु

By खबरहब

February 01, 2024

काठमाडौं– गत हप्ता मङ्गोलियामा भएको ग्यास विस्फोटमा घाइते भएका थप दुई जनाको पनि उपचारका क्रममा मृत्यु भएको नेशनल ट्रमा एन्ड अर्थोपेडिक रिसर्च सेन्टरले बताएको छ । 

करिब ६० टन तरलीकृत प्राकृतिक ग्यास बोकेको ट्रक गत बुधबार बिहान कारसँग ठोक्किँदा विस्फोट भएको थियो । देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले सुरुमा आगलागीमा तीन जना अग्नि नियन्त्रकसहित अन्य तीन जनाको मृत्यु भएको बताएको थियो।

घटनापछि थप तीन जना अग्निनियन्त्रकको मृत्यु भएको बताइएको थियो । राष्ट्रिय ट्रमा सेन्टरले बिहीबार एएफपीलाई थप दुई जनाको मृत्यु भएको र मृतकको सङ्ख्या पाँच पुगेको बताएको छ ।