ब्रेकिङ स्टोरी

अरुण चौधरीलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

By खबरहब

February 01, 2024

काठमाडौं– बाँसबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं अदालतले अनुमति दिएको छ । 

बिहीबार पक्राउ परेका चौधरीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी वकिलको कार्यालय हुँदै अदालत पेश गरेको थियो । अदालतले सिजी होल्डिङ्सका अध्यक्ष चौधरीका साथै छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि ४ दिन नै हिरासतमा राखेर अनुमति दिएको छ ।

बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले चौधरीलाई काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो ।

चौधरीसँगै मिलेमतोमा जग्गा हिनामिना गरेको आरोपमा थापालाई बत्तिसपुतलीस्थित निवासबाटै पक्राउ गरिएको हो ।