खेलकुद

त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकपको फाइनलमा

By खबरहब

February 01, 2024

काठमाडौं– त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

बिहीबार पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा चर्चव्वाइज युनाइटेडलाई २-१ गोलले पराजित गर्दै आर्मी प्रतियोगिताको फाइनलमा पुगेको हो । खेलको ६१औं मिनेटमा दिनेश हेन्जनले गोल गरेपछि आर्मीले अग्रता कायम गरेको थियो ।

 खेलको ८५औँ मिनेटमा चर्चब्वाइजका समीर तामाङ्गले गोल गरेपछि खेल बराबरीमा आयो र निर्धारित समयको खेल १-१ बराबरीमा सकियो । त्यसपछि अतिरिक्त समयमा खेलको ९९औँ मिनेटमा आर्मीका राशबहादुर मगरले गोल गर्दै आर्मीको जितलाई सुनिश्चित बनाए । आर्मीले उपाधिका लागि शनिबार थ्रीस्टारको सामना गर्नेछ । 

प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।