तस्विर रोयटर्स

अन्तर्राष्ट्रिय

इयु शिखर सम्मेलन स्थल वरपर ब्रसेल्समा सडक अवरुद्ध

By खबरहब

February 01, 2024

काठमाडौं– प्रदर्शनकारी किसानहरूले बिहीबार करिब १,००० ट्याक्टरहरू सहित इयु शिखर सम्मेलनको वरपरका सडकहरू अवरुद्ध गरेका छन् ।

प्रदर्शनकारीहरूले थपिदो कर, बढ्दो लागत र सस्तो आयातको विरोध गर्दै आएका छन् तर यसको सुनुवाइ नभएपछि उनीहरू प्रदर्शनीमा उत्रेका हुन् ।

वस्तुतः शिखर सम्मेलनमा इयुको बहुवार्षिक वित्तीय रूपरेखाको मध्यावधि परिमार्जन, युक्रेनलाई सहयोग र मध्यपूर्वको अवस्थाबारे छलफल गर्ने तयारी गरिएको छ ।

युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलले शिखर सम्मेलनअघि युरोपेली परिषद्का सदस्यहरूलाई छलफलका यस्ता एजेन्डाबारे निमन्त्रणा पत्रमा जानकारी गराए ।