खेलकुद

मुख्यमन्त्री कप भलिबल : तीन विभागीय टोली र गण्डकी सेमिफाइनलमा

By खबरहब

February 01, 2024

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा तीन विभागीय टोली र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार बिहान पहिलो सेमिफाइनल खेल नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच तथा दोस्रो सेमिफाइनल खेल नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच हुने भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिए ।

लिग चरणका खेलमा आज पुलिस क्लबले आर्मीलाई ३–० सेटले तथा एपिएफ क्लबले गण्डकीलाई ३–० सेटले नै पराजित गरेका थिए । शनिबार फाइनल खेल हुने छ ।

प्रतियोगिताको विजेताले रु चार लाख, उपविजेताले रु दुई लाख तथा तृतीय हुने टोलीले रु एक लाख पुरस्कार प्राप्त गर्नेछ ।