अन्तर्राष्ट्रिय

रुसी ११–७६ सैन्य विमान खसाल्न मिसाइल प्रयोग

By खबरहब

February 01, 2024

मस्को – युक्रेनी सेनाले गत हप्ता रुसी ११-७६ सैन्य विमानलाई खसाल्न प्याट्रियट प्रणाली-निर्देशित मिसाइल प्रयोग गरेको आरआइए समाचार एजेन्सीले बिहीबार उल्लेख गरेको छ।

रुसी अन्वेषकहरूका अनुसार विमान दुर्घटनास्थल नजिकै अङ्ग्रेजी भाषामा लेखिएका दुईवटा एन्टी–एयरक्राफ्ट मिसाइलका ११६ वटा टुक्राहरू भेटिएका थिए।

उक्त विमानमा ६५ जना युक्रेनी कैदी, छ जना चालक दलका सदस्य र तीन जना साथमा सवार रहेको रुसी यातायात विमान गत हप्ता देशको बेलगोरोड क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।