समाचार

आजदेखि लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन

By खबरहब

March 01, 2024

तुलसीपुर– लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको छ । आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रस्तावित कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए।

उनका अनुसार आजको बैठकमा सभामुखले  प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी, मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति र कार्यविभाजन सम्बन्धी र विधेयक प्राधिकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।

यस्तै दलको तर्फबाट प्रदेशसभा सदस्यले शुभकामना व्यक्त गर्ने कार्यसूची पनि रहेको छ । यस्तै यही फागुन १९ गते प्रदेशसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।