खेलकुद

नामिबियाविरुद्ध नेपालले ब्याटिङ गर्दै, ललित, कुशल र सन्दीप बेन्चमा

By खबरहब

March 01, 2024

काठमाडौं – त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा तीन परिवर्तन गरेको छ । नामिबियासँग खेल्दै गर्दा आज नेपाललाई जित्नै पर्ने दबाब हुनेछ ।

यसअघि सिरिजका दुई खेलमा नेपालले हार ब्यहोरेको थियो । नेपाल शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेलमा जित आवश्यक छ ।

टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङको निम्तो पाएको छ ।

आरिफ शेख, अभिनाश बोहरा र अनिल शाह आज टोलीमा छन् । ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरालाई आज बाहिर राखिएको छ । नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो ।  आजको खेलमा पनि पराजित भए नेपाल औपचारिक रुपमा फाइनल दौडबाट बाहिरिनेछ ।