समाचार

गठबन्धन दलबीच छलफल गरेर राष्ट्रियसभा अध्यक्ष टुङ्गो लगाउँछौं : देउवा

By खबरहब

March 01, 2024

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस एक्लैले राष्ट्रिय सभाको अध्यक्ष टुङ्गो लगाउने बताएका छन् ।

आज चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेस एक्लैले राष्ट्रिय सभाको अध्यक्ष बनाउन नसक्ने भएकाले गठबन्धन दलबीच छलफल गरेर  राष्ट्रिय सभाको अध्यक्ष टुङ्गो लगाउने बताएका हुन् ।

पछिल्लो समय राष्ट्रियसभा अध्यक्ष को हुने भन्ने विषयले चर्चा पाइरहेको भन्दै उनले यस विषयमा गठबन्धनमा आबद्ध दलबीच छलफलपछि टुङ्गो लगाइने स्पष्ट पारे ।

उनले भने ‘कांग्रेस एक्लैले अध्यक्ष बनाउन सक्दैन, गठबन्धन दलबीच छलफलपछि मात्रै टुङ्गो लाग्छ’, उनले भने।

देउवा भरतपुर भ्रमण वर्ष, २०२४ को उद्घाटन समारोहमा सहभागी हुन चितवन गएका हुन् ।