खेलकुद

कुशलको अर्धशतक, आरिफ सेख ३१ रनमा आउट

By खबरहब

March 01, 2024

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजको तेस्रो खेलमा नामिबियाविरुद्ध ब्याटिङ गरिरहेको नेपालका कुशल मल्लले अर्धशतक बनाएका छन् ।

छैटौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले ३० बलमा चार छक्का र एक चौकाको मद्दतले अर्धशतक बनाएका हुन् । उनको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो चौथो अर्धशतक हो ।

कुशलसँग राम्रो साझेदारी गरेका आरिफ सेख भने ३१ रनमा आउट भए । ओपनर आसिफ शेखलाई १ रनमा गुमाएको नेपालका कप्तान रोहित पौडेल १० रनमा आउट भएका थिए ।

तेस्रो विकेटको रुपमा नेपालका अनिल शाह २३ रनमा आउट भए । आक्रामक ब्याटिङ गरेका गुलसन झा १६ बलमा २६ रन बनाएर आउट भए ।

ताजा अवस्थामा नेपालले १८ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर १६५ रन बनाएको छ ।