क्रिकेट

नामिबियाले गुमायो दोस्रो विकेट

By खबरहब

March 01, 2024

काठमाडौं- त्रिकोणात्मक टी–२० आई सिरिजमा अहिले नेपालले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

कीर्तिपुरको टीयू मैदानमा जारी खेलमा नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याउँदै नामिबियाले जवाफी ब्याटिङ गरिरहेको छ ।

खेलमा नामिबियाको दोस्रो विकेट झरेको छ । खेलको ५ ओभर ३ बलमा करण केसीले माइकल भान लिङ्गनलाई आउट गरे । त्यसअघि खेलको १ ओभर ३ बलमा सोमपाल कामीले मलान क्रुगरको विकेट लिएका थिए ।