क्रिकेट

दीपेन्द्रले लिए लगातार दुई विकेट

By खबरहब

March 01, 2024

काठमाडौं- त्रिकोणात्मक टी–२० आई सिरिजमा अहिले नेपालले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

कीर्तिपुरको टीयू मैदानमा जारी खेलमा नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याउँदै नामिबियाले जवाफी ब्याटिङ गरिरहेको छ ।

खेलमा दीपेन्द्रसिंह ऐरीले लगातार दुई बलमा दुई विकेट लिएका छन् । खेलको १५ औँ ओभरको पहिलो र दोस्रो बलमा उनले लगातार विकेट लिए ।

खेलको १५ ओभर १ बलमा दीपेन्द्रसिंह ऐरीले जेजे स्मिटलाई आउट गरेका हुन् । २६ बल खेलेका उनले ५० रन प्रहार गरे । त्यसैगरी सबैभन्दा छिटो शतक प्रहार गरेका नामिबियाका जेन निकोल लोफ्टी इटन शून्य रनमा आउट भए ।