समाचार

प्रतिनिधिसभाबाट अनुगमन तथा मूल्याङ्कन विधेयक पारित

By खबरहब

March 01, 2024

काठमाडौं- अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

शुक्रबार बसेको बैठकमा प्रधानमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राखेको विधेयक पारितको प्रस्ताव सर्वसम्मत स्वीकृत भएको हो । त्यसअघि विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिले दिएको प्रतिवेदनसहितको छलफल भएको थियो ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री शर्माले मुलुकको विकास प्रक्रियालाई नतिजामूलक र पारदर्शी बनाइ सार्वजनिक जवाफदेहीता सुनिश्चित गर्न विधेयक ल्याइएको बताइन् । उनले अनुगमन गर्ने ठाँउको स्रोत साधनका साथै सुविधा परिचालन नगर्ने बिषय पनि विधेयकमा उल्लेख रहेको जानकारी दिइन् ।

मुलुकका तीनै तहको विकास आयोजनाको अनुगमन तथा मूल्याङ्कनका आधार, मापदण्ड, अनुगमन गर्ने निकाय लगाएतको व्यवस्थालाई विधेयकमा समावेश गरिएको उनको भनाइ छ ।