प्रतिकात्मक तस्वीर

देश/प्रदेश

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ६२ वर्षीय वृद्ध पक्राउ

By खबरहब

March 01, 2024

काठमाडौं- नवलपरासी पूर्व र मोरङबाट दुई जना बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका बस्ने ६२ वर्षीय सुकबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

विकले ती किशोरीलाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङको बेलबारी नगरपालिका बस्ने २२ वर्षीय अविशेक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले ती किशोरीलाई मंगलबार आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।