खेलकुद

भक्तपुर कप फुटबल सुरु

By खबरहब

March 01, 2024

काठमाडौं- शुक्रबारदेखि तेश्रो भक्तपुर कप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेका छन् ।

उद्घाटनमा नगर प्रमुख प्रजापतिले खेलकुद प्रतियोगिता आजको लागिमात्र नभइ भविष्यमा सभ्य र सुसंस्कृतिक समाज निर्माणका लागि भएको बताए ।

समाजलाई अनुशासित र व्यवस्थित गर्ने सिलसिला स्वरुप नगरपालिकाले खेलकुद प्रशिक्षण, खुल्ला व्यायामशाला, कर्भड हल निर्माण, खेलकुद प्रतियोगिताहरु सञ्चालनमा जोड दिँदै आएको उनले बताए । उनले नयाँ पुस्तालाई खेलकुदमा सहभागी गराउने कोसिस गर्दै आएको बताए ।

प्रतियोगितामा १६ वटा टिम सहभागी छन् ।