क्रिकेट

आयरल्याण्डले पहिलो पटक जित्यो टेस्ट

By खबरहब

March 01, 2024

काठमाडौं- आयरल्याण्डले पहिलो पटक टेस्ट जितेको छ । यूएईको अबुधाबीमा रहेको टोलरेन्स ओभलमा शुक्रबार सम्पन्न खेलमा आयरल्याण्डले अफगानिस्तानलाई ६ विकेटले पराजित गर्‍यो । यससँगै आयरल्याण्डले इतिहासमै पहिलो पटक टेस्टमा जित दर्ता गराएको हो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पहिलो इनिङमा १ सय ५५ रन बनाएको थियो । आयरल्याण्डले भने पहिलो इनिङमा २ सय ६३ रन बनायो । अफगानिस्तानले दोस्रो इनिङमा २ सय १८ रन बनायो ।

१ सय ११ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रेको आयरल्याण्डले तेस्रो दिनको खेल नसकिँदै ६ विकेटको जित हासिल गर्‍यो । सन् २०१७ मा टेस्ट मान्यता पाएको आयरल्याण्डले यसअघि खेलेका सबै ७ टेस्टमा पराजय व्यहोरेको थियो ।