अन्तर्राष्ट्रिय

चीनको पीएमआई ओरालो

By खबरहब

March 01, 2024

बेइजिङ- चीनको उत्पादन क्षेत्रको लागि खरिद प्रबन्धक सूचकाङ्क (पीएमआई) घटेको पाइएको छ । यो फेब्रुअरी महिनामा ४९.१ कायम भएको छ । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबीए) का अनुसार गत महिना ४९.२ रहेको चीनको उत्पादन क्षेत्रको पीएमआई यस महिना ओरालो लागेको हो ।

जसमा ५० भन्दा माथिको अङ्कले विस्तारलाई जनाउँछ भने ५० भन्दा तलको अङ्कले सङ्कुचनलाई जनाउँछ । एनबीएसका वरिष्ठ तथ्याङ्कविद् झाओ किङ्घेले फेब्रअरी १०–१७ चलेको ‘स्प्रिङ फेस्टिभल’ को लामो बिदाले गिरावट ल्याएको बताएका छन् ।

उनका अनुसार यस अवधिमा कर्मचारीहरू घर फर्किने भएकोले परम्परागत उत्पादनमा कमी आउँछ ।

ठूला उद्यमहरूमा अघिल्लो महिनाको तुलनामा विस्तारको दायरामा रहेको उप–सूचकाङ्क ५०.४ पुगेको थियो । यसैबीच, उत्पादनका लागि उप–सूचकाङ्कमा अघिल्लो महिनाको तुलनामा १.५ अङ्कले कमी आई ४९.८ कायम भएको छ ।