प्रतिकात्मक तस्वीर

अन्तर्राष्ट्रिय

पाकिस्तानमा ईशनिन्दाको आरोप लागेका एक जना वृद्धको रक्षा गर्न माग

By खबरहब

March 01, 2024

इस्लामावाद- पाकिस्तानमा मानव अधिकारका क्षेत्रमा सक्रिय संस्थाले ईशनिन्दाको आरोप लागेका एक जना वृद्धको रक्षा गर्न माग गरेको छ । ह्युमन राइट्स फोकस पाकिस्तान (एचआरएफपी) ले पाकिस्तानको फैसलावादस्थित खुरियनवाला जिल्लामा ईशनिन्दाको आरोप लागेका ६८ वर्षीय युनस मसिहको रक्षा गर्न माग गरेको हो ।

उनीमाथि गत फेब्रुअरी १० मा एक जना मुसलमान छिमेकी परिवारले ईशनिन्दाको आरोप लगाएको थियो । मसिहले इस्लाम धर्मको पवित्र ग्रन्थ कुरआनको निन्दा गरेको भन्दै छिमेकी फतिमा बिबीले आरोप लगाएकी थिइन् ।

पछि मसिहलाई हिरासतमा लिइएको थियो । तर, ईशनिन्दाको यथेष्ट प्रमाण नजुटेपछि उनलाई १३ फेब्रुअरीमा रिहा गरिएको थियो । दुई परिवारबीच रहेको आपसी मनमुटावका कारण ईशनिन्दाको आरोप लगाइएको पीडितको भनाइ छ ।