खेलकुद

साफ यू–१६ फुटबल : भुटानविरुद्ध भारत ७–० ले विजयी

By खबरहब

March 01, 2024

काठमाडाैं – भारतले आजदेखि काठमाडाैंमा शुरु भएको साफ यू–१६ महिला फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

आज भएको खेलमा भारतले भुटानलाई ७-० गोल अन्तरले पराजित गरेको हो ।ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न यस खेलमा भारतका लागि अनुष्का कुमारी र पर्ल फर्नानडेजले २/२ गोल गरेका थिए भने श्वेता रानी, अन्विता रघुरमण, योंग टिग्रेसेसले एक एक गोल गरेका थिए ।

प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटान गरी चार देश सहभागी हुदै छन् । प्रतियोगिताको पहिलो चरणमा सहभागी चार वटै टोलीले एक अर्कासँग एक–एक खेल खेल्नेछन् भने शिर्ष दुई स्थानमा रहने दुई देश फाइनलमा पुग्ने छन् ।

अब शनिबार नेपालले बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ ।