खेलकुद

फ्रेन्च लिग वान : मार्सेलीमाथि पिएसजीको सहज जित

By खबरहब

April 01, 2024

काठमाडौँ– फ्रेन्च लिग वान फुटबल अन्तर्गत पिएसजीले सहज जित निकालेको छ । गएराती सम्पन्न खेलमा मार्सेलीलाई २–० गोलले हराउँदै पिएसजीले जित निकालेको हो ।

पिएसजीका लागि भितिन्हा र गोन्कालो रामोसले एक–एक गोल गरेका थिए ।

यस खेलमा पिएसजीका लुकास बेराल्डोले खेलको ४०औँ मिनेटमा रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो ।

यो जितपछि पिएसजी २७ खेलबाट ६२ अंक सहित शीर्ष स्थानमा रहेको छ । पराजित भएको मार्सेलीको ३९ अंक छ । दोस्रो स्थानमा रहेको ब्रेस्टको ५० अंक छ ।