समाचार

प्रस्तावित महालेखापरीक्षकको सुनुवाइ प्रक्रिया सुरु

By खबरहब

April 01, 2024

काठमाडौँ– प्रस्तावित महालेखापरीक्षक तोयम रायको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ ।

संसदीय सुनुवाइ समितिको आजको बैठकले रायसँग सम्बन्धित कुनै गुनासा वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सर्वसाधारणलाई सूचना जारी गर्ने निर्णय गरेको छ ।

संवैधानिक परिषद्को आइतबारको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी रायलाई महालेखा परीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।