आर्थिक

सुनको भाउमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

April 01, 2024

काठमाडौँ– नेपाली बजारमा आज सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एकै दिन सुनको मूल्य १६ सय रुपैयाँले बढेको जनाएकाे छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३१ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख ३० हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार पनि सुनकाे मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । त्यसदिन सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँ पुगेको थियो । आइतबार भने सुनको मूल्य स्थिर रहँदा सोही मूल्य कायम रहेको थियो ।

यता, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार ५३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हिजो चाँदीको मूल्य स्थिर रहेर प्रतितोला एक हजार ५२५ रुपैयाँमा किनबेच भएको थियो ।