सांकेतिक तस्बिर

अपराध

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

By खबरहब

April 01, 2024

काठमाडौं– सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको गोटीखेल गा.बि.स. हाल महांकाल गाउपालिका-३ बस्ने २७ वर्षीय सरोज घले रहेको प्रहरीले जनाएको छ ।

२०७३/१२/११ गते प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गर्न जाने क्रममा स्वर्गद्वारी नगरपालिका- ३ रुमाले भन्ने स्थानमा बा ८ च १५६१ नं.को स्कार्पियो जिप दुर्घटना भई दिनेश ध्वज बस्नेत समेत ६ जनाको मृत्यु भएको थियाे ।

उक्त्त सवारी ज्यान मुद्दामा फरार रहेका चालक घलेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले आइतबार ग्वार्कोबाट पक्राउ गरेको हो ।

घलेलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय, प्युठान पठाइएको प्रहरीले जनाएको छ ।