राजनीति

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउने पक्का

By खबरहब

April 01, 2024

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाउने भएका छन् ।

एमालेको २७, माओवादी केन्द्रको २१, हाम्रो नेपाली पार्टीको २, नेकपा एकीकृत समाजवादीको ७ मतसहित मुख्यमन्त्रीले विश्वासको मत पाउने भएका हुन् ।

प्रदेशसभामा ३७ सांसद रहेकाे कांग्रेसले मात्रै विपक्षमा मत हाल्ने भएकाे छ । यस्तै प्रदेशसभामा दुई दल भने तटस्थ रहने भएका छन् । १३ सांसद भएको राप्रपा र ३ सांसद भएको नेमकिपा तटस्थ रहने जनाएका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलले सोमबारको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेसँगै भएको छलफलमा सम्बन्धित दलले मत दिने नदिनेबारे जानकारी गराएका थिए ।