फाइल फोटो

ब्रेकिङ स्टोरी

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

By खबरहब

April 01, 2024

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । उनलाई बागमती प्रदेशका ५६ सांसदले मत दिए ।

यो सङ्ख्या प्रदेशसभामा कायम सदस्यहरुको बहुमत रहेको भन्दै बागमती प्रदेशका सभामुखले मुख्यमनत्रीले विश्वासको मत प्राप्त गरेको जानकारी दिए ।

मुख्यमन्त्री जम्कट्टेललाई एमालेको २७, माओवादी केन्द्रको २१, हाम्रो नेपाली पार्टीको २, नेकपा एकीकृत समाजवादीका ७ सांसदले विश्वासको मत दिए ।

उनको विपक्षमा कांग्रेसका ३७ सांसदले मतदान गरे । प्रदेशसभामा रहेका दुई दल राप्रपा र नेमकिपाका सांसदहरुले तटथतामा मत दिए ।