क्रिकेट

राजस्थानलाई मुम्बईको सामान्य लक्ष्य

By खबरहब

April 01, 2024

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई १२६ रनको सामान्य लक्ष्य दिएको छ ।

ट्रेन्ड बोल्ड र युजवेन्द्र चहालले शानदार बलिङ गरेको खेलमा मुम्बई सस्तैमा समेटिएको हो । वानखडे स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२५ रन बनायो ।

उसका लागि कप्तान हार्दिक पाण्डेयले सर्वाधिक ३४ रन बनाए। २१ बलको सामना गरेका पाण्डेयले ६ चौका प्रहार गरे। त्यस्तै तिलक बर्मा ३२, टिम डेविड १७ र इशान किशानले १६ रन बनाउँदा जसप्रीत बुमराहले ८ र आकाश मधवाले ४ रन बनाए । भने रोहित शर्मा, नमन धीर र डेवाल्स ब्रेविस शुन्य रनमा आउट भए ।

राजस्थानका लागि बोल्ड र चहल ३/३ विकेट लिए। नान्द्रे बर्गरले २ विकेट लिँदा आवेश खानको नाममा १ विकेट रह्यो।