खेलकुद

च्याम्पियन्स लिग : रियल मड्रिड र बायर्न म्युनिखको बराबरी

By खबरहब

May 01, 2024

काठमाडौं– यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र बायर्न म्युनिखले बराबरी खेलेका छन् ।

बायर्नको घरेलु मैदानमा गएराती सम्पन्न खेलमा रियल मड्रिड र बायर्न म्युनिखले २–२ गोलको बराबरी खेलेका हुन् ।

खेलमा पहिलो गोल रियल म्याड्रिडका भिनिसियस जुनियरले गरे पनि दोस्रो हाफको ५३ र ५७औं मिनेटमा बायर्न म्युनिखले गोल गर्दै खेलमा २–१ को अग्रता लिएको थियो ।

बायर्नका लागि लिरोय साने र ह्यारी केनले एक–एक गोल गरेका थिए । त्यसपछि खेलको ८३औं मिनेटमा रियल मड्रिडका भिनिसियलले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–२ गोलको बराबरी बराबरीमा ल्याएका थिए ।

अब सेमिफाइनलको दोस्रो लेग रियल मड्रिडको घरेलु मैदानमा मे ९ मा हुने छ ।

यस्तै आज राति दोस्रो सेमिफाइनल अन्तर्गत बोरुसिया डर्टमन्ड र पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच प्रतिस्पर्धा हुनेछ ।