स्वास्थ्य

वैतेश्वरका सात सय बढी कुकुरलाई रेबिजविरुद्धको खोप

By खबरहब

May 01, 2024

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले रेबिज रोग रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सात सय ३७ कुकुरलाई भ्याक्सिन दिएको छ ।

पालिकाको पशुपन्छी विकास शाखा अन्तर्गत छाडा तथा घरपालुवा कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको वैतेश्वर गाउँपालिका पशुपन्छी विकास शाखाका पशु स्वास्थ्य अधिकृत शान्ति दाहालले बताए ।

गाउँपालिकाकाले चालु वर्षको रेबिजविरुद्ध खोप कार्यक्रम अन्तर्गत वडा नम्बर-१ देखि ८ सम्मका सात सय ३७ घरपालुवा तथा छाडा कुकुरलाई रेबिजविरुद्ध खोप दिइएकाे उनले जानकारी दिए ।

खोपसँगै केही कुकुरलाई बन्ध्याकरण पनि गरीएकाे छ ।

खोप लगाउन छुटेका कुकरलाई पनि नजिकको सम्पर्क केन्द्र तथा वडामा सम्पर्क गरेर लगाउन सकिने दाहालले बताए ।

सुबास बस्नेत