मनोरञ्जन

‘मनसरा’ को अग्रिम बुकिङ खुला 

By खबरहब

May 01, 2024

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसरा’को अग्रिम बुकिङ बुधबारबाट खुला भएको छ । 

क्यूएफएक्सले देशभरका हलमा ‘मनसरा’लाई ६९ शो दिएको छ । काठमाडौंमा २८ र मोफसलमा ४१ शो दिइएको हो । त्यस्तै, वान सिनेमाजले दुईवटा आउटलेटमा १२ शो उपलब्ध गराएको छ ।

बुधबार साँझसम्म देशभरका सम्पूर्ण हलमा अग्रिम टिकट बुकिङ खुला हुने निर्माण पक्षले जनाएको छ । 

प्रवीण खतिवडा, दयाहाङ राई, मेनुका प्रधान र मिरुना मगरको मुख्य भूमिका रहेको यो फिल्म वैशाख २१ गते (शुक्रबार) बाट प्रदर्शनमा आउँदै छ । 

कबड्डी फिल्मस्को ब्यानरमा बनेको यस फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्णु कुमार लिम्बू मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् ।