समाचार

सशस्त्रका १६ डीआईजी र १८ एसएसपीको एकसाथ सरुवा

By खबरहब

May 01, 2024

काठमाडौं- सशस्त्र प्रहरी बलका १६ जना डीआईजी र १८ जना एसएसपीहरूको एकसाथ सरुवा भएको छ ।

गृहमन्त्रालयले मंगलबारको निर्णयअनुसार ती डीआईजी र एसएसपीहरूको एकैसाथ सरुवा गरेको हो ।

सरुवा भएकामध्ये केही एसएसपीलाई ८ महिनामै हेडक्वार्टर तानिएको छ ।

यो सरुवाका क्रममा बाहिनी र प्रदेश मुख्यालयका डीआइजीहरू पनि परिवर्तन गरिएको छ ।