खेलकुद

किंग्स कप : अल हिलाललाई उपाधि

By खबरहब

June 01, 2024

काठमाडौं– किंग्स कप फुटबलको उपाधि साउदी प्रो लिग च्याम्पियन अल हिलालले जितेको छ ।

गएराति भएको खेलमा अल नासरलाई सडन डेथमा ५–४ गोलले हराउँदै अल हिलालले उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेले पछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको ३० मिनेटमा दुवै तर्फबाट कुनै गोल नहुँदा खेल टाइब्रेकर हुँदै सडनडेथमा पुगेको थियो ।

अल हिलालका एलेक्सान्दर मित्रोभिच, मोहमेद कानो, हसन टमबाक्टी, अब्दुल्लाह अल हम्दान र नासेर अल दासरीले गोल गरे भने अल नासरका लागि रोनाल्डो, सामी अल नाजेई, अब्दुल रहमान घारिव र अली लजामीले गोल गरेका थिए ।

त्यसअघिको निर्धारित समयमा अल हिलालका एलेक्सान्दर मित्रोभिच र अल नासरका एमन अहमेदले एक–एक गोल गरेका थिए ।