समाचार

जसपा महाधिवेशन : पदाधिकारी र सदस्यहरूको दस्तुर निर्धारण

By खबरहब

June 01, 2024

काठमाडौं– जनता समाजवादी पार्टी जसपाको प्रथम राष्ट्रिय महाधिवेशनको दस्तुर निर्धारण गरिएको छ । जसपाका अनुसार निर्वाचित हुने केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूलाई दस्तुर निर्धारण गरिएको हो ।

जसअनुसार अध्यक्ष, सहअध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारलाई सात हजार रुपैयाँ दस्तुर तोकिएको छ ।

महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष पदका उम्मेदवारको लागि पाँच हजार रुपैयाँ शुल्क तोकिएको पार्टी नेताहरूको भनाइ छ । यस्तै, केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि तीन हजार रुपैयाँ शुल्क छ ।

जसपा नेपालको महाधिवेशन यही जेठ २८ गतेदेखि जनकपुरमा हुँदैछ ।

गत वैशाखमा अशोक राईले पार्टी विभाजन गरेपछि जसपाको महाधिवेशन समयमा नहुने धेरैले आंकलन गरेका थिए । तर अध्यक्ष उपेन्द्र यादव धमाधम महाधिवेशनको तयारीमा लागेको बताइरहेका छन् ।