खेलकुद

कोशी प्रदेशस्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता हुने  

By खबरहब

June 01, 2024

काठमाडौं– सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा कोशी प्रदेशस्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । 

प्रतियोगिता आउँदो असार ६ देखि ८ गतेसम्म हुनेछ । जिल्ला ब्याडमिन्टन संघले खाँदबारीमा पत्रकार सम्मेलन गरेर प्रदेशस्तरीय पुरुष डबल र भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने जानकारी दिएको हो । प्रतियोगितामा पुरुष डबलतर्फ विजयी हुने टिमले जनही ६० हजार नगद पाउने छन् ।

उपविजेताले ३५ हजार रुपैयाँ पाउने संघका अध्यक्ष राजु श्रेष्ठले बताए । भेट्रान्सतर्फका विजयीले भने जनही ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार पाउने अध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा कोशी प्रदेश, भारत र विभिन्न प्रदेशका खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।