ब्रेकिङ स्टोरी

नारायणहिटी दरबार हत्याकाण्डको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

By खबरहब

June 01, 2024

काठमाडौं – तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ ।

सोही अवसरमा आज साँझ नारायणहिटी दरबार परिषरमा विभिन्न राजावादी पार्टी, तथा अभियन्ताहरुले दीप प्रज्वलन गरि राजा विरेन्द्र र परिवारप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

२०५८ जेठ १९ गते भएको राजदरबारभित्र भएको गोली काण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो ।

सो श्रद्धाञ्जली कार्यक्रममा पूर्वराजकुमार पारस शाह लगायत पूर्वराजपरिवारका सदस्यहरुको समेत उपस्थित रहेको थियो ।