अपराध

सुनसरीबाट हुन्डीको एक करोड रूपैयाँ बरामद

By खबरहब

June 01, 2024

काठमाडौं – सुनसरीबाट प्रहरीले हुन्डी कारोबारमा प्रयोग गरिएको एक करोड एक लाख रुपैयाँ बरामद गरेको छ ।

शनिबार साँझ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा घुस्की नाकाबाट हरिनगर तर्फजाँदै गरेको बा १६ प ७६१३ नम्बरको कारमा उक्त रकम फेला पारेका हाे ।

साथै प्रहरीले कार चालक सुनसरीको हरिनगर गाउँपालिका ५ का ३७ वर्षिय ईसा अन्सारीलाई पक्राउ गरेको छ । उनलाई राजस्व अनुसन्धानको कार्यलय इजहरीमा बुझाइएको शसस्त्र प्रहरीले जनाएको छ ।