देश/प्रदेश

‘शेर्पाको साहसले सगरमाथा विश्वमा चिनियो’

By खबरहब

September 01, 2024

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शेर्पाहरूको साहसका कारण नै सगरमाथा विश्वमा चिनिन मद्दत पुगेको बताएका छन्‌ ।

मन्त्री पाण्डे ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले आयोजना गरेको ‘सगरमाथा आरोहीहरूलाई सम्मान कार्यक्रम’मा बोल्दै थिए ।

शेर्पाहरूले हिमालमा डोरी टाँग्नेदेखि आरोहीलाई शिखरमा पुर्‍याउने सम्मका काम गर्दा नै नेपालमा पर्वतारोहण सहज र सफल भएको मन्त्री पाण्डेले उल्लेख गरे ।

कार्यक्रममा सगरमाथाको सफल आरोहण गर्ने खिजीदेम्बा गाउँपालिका भित्रका ४६ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा कान्छो सगरमाथा आरोही जम्बले शेर्पादेखि २२ पटक सगरमाथा आरोहण गर्ने जाङ्बु शेर्पासम्म छन्‌ ।

कुङ्गा शेर्पा सो पालिकाका सद्भावना दूत नियुक्त भएका छन्‌ ।