खेलकुद

कोपा अमेरिका : भेनेजुएला र इक्वेडर क्वार्टरफाइनलमा

By खबरहब

July 01, 2024

काठमाडौं– कोपा अमेरिका फुटबलमा समूह ‘बी’ का भेनेजुएला र इक्वेडर क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएकाे समूह चरणको अन्तिम खेलमा जमैकालाई ३–० गोलले हराउँदै भेनेजुएला क्वार्टरफाइनलमा पुगेको हो ।

भेनेजुएलाको जितमा एडुवार्ड बेलो, सालोमोन रोनडन र एरिक रामिरेजले एक–एक गोल गरेका थिए ।

यो जितपछि भेनेजुएला समूह चरणका तीनवटै खेल जितेर ९ अंकसहित शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुगेको छ ।

यस्तै, गएराति नै भएकाे अर्को खेलमा इक्वेडर र मेक्सिकोले गोल रहित बराबरी खेलेका छन् । समान खेलबाट दुवैको ४–४ अंक भए पनि गोल अन्तरका आधारमा इक्वेडरले क्वार्टरफाइनलको बाजी मारेको छ । तेस्रो स्थानमा रहेको मेक्सिको र चौथो स्थानमा रहेको जमैका समूह चरणबाट बाहिरिएका छन् ।

अब क्वार्टरफाइलनमा इक्वेडरले अर्जेन्टिनासँग ४ जुलाईमा प्रतिस्पर्धा गर्ने छ भने ५ जुलाईमा भेनेजुएलाले क्यानडाको सामना गर्नेछ ।