समाचार

जुसको बट्टामा सवा दुई किलो कोकिन, ठमेलको होटलबाट दुई विदेशी समातिए

By खबरहब

July 01, 2024

काठमाडौं- प्रहरीले दुईजना तान्जनियाका नागरिकलाई प्रतिबन्धित लागुऔषध कोकिनसहित पक्राउ गरेको छ ।

१ किलो २ सय ४७ ग्राम ७६ मिलिग्राम कोकिनसहित दुईजना तान्जानियाका नागरिक शनिबार काठमाडौंबाट पक्राउ परेका हुन् ।

काठमाडौं महानगरपालिका-१६ स्थित होटल ग्यालेरीबाट पक्राउ पर्नेहरूमा तान्जानियाका नागरिकहरू ५२ वर्षीय रमाधानी सिम्बा म्वाबुम्बा र ५६ वर्षीय त्वालिब किपेभु पास्हुवा रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले उक्त होटलको कोठा नम्बर २०४ बाट रामाधानीलाई जुसको बट्टाभित्र ३५ वटा क्याप्सुलमा रहेको ६ सय ६ ग्राम ५५ मिलिग्राम कोकिनसहित पक्राउ गरिएको हो ।

उक्त होटलको कोठा नम्बर २०५ बाट त्वालिब पनि जुसको बट्टाभित्र ३७ वटा क्याप्सुलमा रहेको ६ सय ४१ ग्राम २१ मिलिग्राम कोकिनसहित पक्राउ परेका छन् ।

उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।