समाचार

५४ ग्रामका सुनका बालासहित एकजना पक्राउ, भन्सार छलेको आरोप

By खबरहब

July 01, 2024

काठमाडौं- भन्सार छलेर ल्याएको सुनको कारोबार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

विभिन्न देशबाट त्रिभुवन विमानस्थल हुँदै भित्रिएको भन्सार छलीको सुन किनबेच गरेको अभियोगमा प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका-२९ निवासी २९ वर्षीय सम्साद आलमलाई शनिबार तिलंगाबाट पक्राउ गरेको हो ।

विदेशबाट आउने नेपाली यात्रुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भन्सार छली भित्र्याएको सुन ओसारसार र बेचिरहेको सूचनाका आधारमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ५४ ग्राम ८ सय ७० मिलिग्राम तौलका दुईवटा सुनका बालासहित पक्राउ गरेको हो ।

आलमलाई थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको कार्यालयले जनाएको छ ।