आर्थिक

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो 

By खबरहब

July 01, 2024

काठमाडौं– साताको दोस्रो कारोबारको दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १६ दशमलव २९ अंकले बढेर २,०५३ को विन्दुमा कायम भएको छ ।

आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ६० कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२३ कम्पनीको ७१ लाख ६५ हजार ७३५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९९ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १९ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ११ करोड ८५लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

जानकी फाइनान्सको ९ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन ऊर्जा विकासका लगानीकर्ताले ९ दशमलव ७४ प्रतिशतका दरले कमाएका छन् ।

दोर्दी खोला जलविद्युतका लगानीकर्ताले ८ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन् । यस्तै,कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ दशमलव ५२ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।