समाचार

मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

By खबरहब

July 01, 2024

काठमाडौं– मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । आजको बैठकमा मुख्यसचिव नियुक्तिको विषयमा छलफल हुन सक्ने एक मन्त्रीको भनाइ छ । 

 हाल निमित्त मुख्यसचिवमा लीलादेवी गड्तौला छिन । उनलाई नै मुख्यसचिवको जिम्मेवारी दिनुपर्ने आवाज छ । 

मुख्यसचिव वैकुण्ठ अर्याल भ्रष्टाचारको अभियोग लागेर निलम्बनमा परेपछि सरकारले निमित्त मुख्यसचिवमा गत आइतबारदेखि लीलादेवी गड्तौलालाई जिम्मेवारी दिएको थियो । 

उनी पहिलो पटक महिलाका तर्फबाट निमित्त मुख्यसचिव भएकी हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव चयन नगरी निमित्तबाटै काम चलाउने निर्णय गर्‍यो । 

४ बजेका  लागि बोलाइएको बैठकमा सबै मन्त्रीहरूलाई उपस्थित हुन भनिएको छ ।