अन्तर्राष्ट्रिय

विदेशमा भारतको वित्तीय सम्पत्ति १ खर्ब ९ अर्ब ८० करोड अमेरिकी डलरले वृद्धि 

By खबरहब

July 01, 2024

काठमाडौं– सन् २०२४ मा भारतको वाह्य दायित्वभन्दा विदेशमा रहेका भारतीय सम्पत्तिमा अधिक वृद्धि भएको पाइएको छ ।

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले जनाएअनुसार आर्थिक वर्ष २०२३-२४ मा विदेशमा भारतको वित्तीय सम्पत्ति १ खर्ब ९ अर्ब ८० करोड अमेरिकी डलरले वृद्धि भएको छ ।

सोही अवधिमा भारतको वाह्य वित्तीय दायित्व १ खर्ब ४ खर्ब ३० करोड अमेरिकी डलर मात्र वृद्धि भएको आरबीआईले जनाएको छ ।

यससँगै भारतको वैदेशिक वित्तको सन्तुलनमा पनि झिनो सुधार आएको आरबीआईले जनाएको छ । 

भारतीय समाचार संस्था एएनआईका अनुसार सन् २०२३ को मार्च महिनामा मुलुकको वित्तीय सन्तुलन ७१ दशमलब ४ प्रतिशत रहेकोमा सन् २०२४ को सोही महिनामा बढेर ७४ प्रतिशत पुगेको छ ।