ब्रेकिङ स्टोरी

पदाधिकारीलाई देउवाको ब्रिफिङ- ओलीसँगको कुराकानी सकारात्मक छ

By खबरहब

July 01, 2024

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँगको सम्बन्ध सुमधुर रहेको बताएका छन् ।

आफ्नै निवास बुढानिलकण्ठमा जारी कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठकमा देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ता बारे बिफ्रिङ गर्दै एमालेसँगको सम्बन्ध सुमधुर रहेको र अहिले नै धेरै टिप्पणी नगर्न आग्रह गरेका छन् ।

बैठकमा देउवाले ओलीसँग भएको कुराकानीको ब्रिफिङ गर्दै सकारात्मक कुराकानी भइरहेको बताएको बैठकमा सहभागी एक पदाधिकारीले न्युज कारखानालाई बताए । 

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस (एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ ।