राजनीति

ओली भन्छन्- यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो लाग्दैन

By खबरहब

July 01, 2024

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो नलागेको बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकपछि संसद् भवन बाहिर पत्रकारहरूको प्रश्नको जवाफ दिँदै ओली यस्तो जवाफ दिएका हुन् ।

प्रधानमन्त्रीको शपथ कहिले लिनुहुन्छ ? भन्ने पत्रकारहरूको प्रश्नमा ओलीले भने– ‘यस वर्ष त त्यस्तो लाग्दैन मलाई । यो वर्ष बन्छुजस्तो लाग्दैन् ।’ 

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस- एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ ।