समाचार

रोल्पामा जीप दुर्घटना, ११ जना गम्भीर घाइते

By खबरहब

July 01, 2024

लिवाङ – रोल्पाको घर्तीगाउँबाट तालावाङतर्फ जाँदै गरेको जीप दुर्घटनामा हुँदा ११ जना गम्भीर घाइते भएका छन् ।

लु १ ज ३२५२ नम्बरको जिप माडी गाउँपालिका वडा नं ४ स्थित परेवा छहरामा दुर्घटना भएको जिल्ला प्रहरीले कार्यालय रोल्पाका डीएसपी भरत लामाले बताए । जिप सडकबाट करीब चार सय मिटर तल खसेको छ ।

जीपमा १४ जना सवार रहेकाे अनुमान गरिएकाे छ । अहिले घटनास्थलतर्फ घर्तीगाउँ प्रहरी चौकीको टोली पुगेको छ । स्थानीयहरु पनि उद्दार कार्यमा खटिएका छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।