राजनीति

केपी ओली बालकोटबाट मध्यराति शीतल निवासमा

By खबरहब

July 01, 2024

काठमाडौं- दुई ठूला दलबीच नयाँ सत्ता समीकरणको रस्साकस्सी भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छन् ।

दुई दलको मात्रै सरकार बनाउने दिशामा अघि बढेका ओली राष्टपति रामचन्द्र पौडेलसँग परामर्शका लागि पुगेका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने अस्वस्थ छन् ।

एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने कुरामा दुई दलले करिब सहमति जुटाइसकेका छन् । राष्टपतिसँग आवश्यक परामर्शपछि मंगलबार नै नयाँ सरकारका लागि ठोस निर्णय लिइने भएको छ ।

नयाँ सरकार गठनको प्रक्रिया पूरा गर्न शीतल निवास पुगेको बताइएको छ। नयाँ सरकार गठनका लागि बिहानसम्म हस्ताक्षर हुने नेताहरूको दाबी छ ।

तर काङ्ग्रेस सभापति शेरबहादुर देउबा भने बिरामी भएका कारण बूढानीलकण्ठमै छन् । आफू बिरामी भएका कारण उनले ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखकसहितका नेतालाई खटाएका छन्।