सङ्क्रमणकालीन न्याय सम्बन्धी गठित संयन्त्रको बैठकमा सहभागी । तस्बिरः गृहमन्त्रीको निजी सचिवालय

राजनीति

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटाउन संयन्त्रको बैठक

By खबरहब

August 01, 2024

काठमाडौं – सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटाउन गठित संयन्त्रको बैठक गृह मन्त्रालयमा जारी छ।

बैठकमा संयन्त्रका सदस्य गृहमन्त्री रमेश लेखक, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का मुख्य सचेतक महेश बर्तौला र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मालगायत सहभागी छन्।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीकोसमेत उपस्थिति रहेको छ।