संगीतकार एवम् गायक गुरुदेव कामत । फाइल तस्बिर

देश/प्रदेश

शास्त्रीय संगीतकार गुरुदेव कामतको निधन

By खबरहब

August 01, 2024

काठमाडौं – संगीतकार एवम् गायक गुरुदेव कामतको निधन भएको छ। बिहीबार बिहान ६ बजे उनको निजी निवास सिरहामा निधन भएको हो। ६९ वर्षीय संगीतकार कामत लामो समयदेखि मिर्गौला पीडित थिए।

परिवारिक स्रोतका अनुसार बिहीबार बिहान ६ बजे उनको सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ मा रहेको घरमा निधन भएको हो।

लामो समयदेखि मिर्गौलाको उपचार गराइरहेका उनी आर्थिक समस्या भएपछि एक महिना अगाडि काठमाडौंबाट सिरहा घरमा पुगेका थिए।

नेपाली गीत संगीत क्षेत्रमा ४० वर्षसम्म निरन्तर योगदान गरेका कामतको जन्म २०१२ साल साउन १७ गते सिरहामा भएको थियो ।