समाचार

सातदोबाटोका तीन टहरामा ललितपुर महानगरले चलायो डोजर (तस्बिहरू)

By खबरहब

August 01, 2024

ललितपुर– ललितपुर महानगर प्रहरी बलले बिहीबार बिहान नक्सा पास नभएका घर-टहरामा डोजर चलाएको छ ।

सातदोबाटोस्थित चक्रपथसँगैका नक्सा पास नभएका तीनवटा टहरामा डोजर चलाएर महानगरपालिकाको टोलीले भत्काएको हो ।

मापदण्डविपरित सडकको जग्गा मिचेर बनाइएका टहरामा डोजर र नगर प्रहरी परिचालन गरे‍र भत्काइएको महानगरले जानकारी दिएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी