अन्तर्राष्ट्रिय

भारतको हिमाचलमा आएको भीषण बाढी पहिरोमा ५० जना बेपत्ता

By खबरहब

August 01, 2024

काठमाडौं– भारतको हिमाचल प्रदेशमा वर्षापछि आएको भीषण बाढी पहिरोमा ५० जना बेपत्ता भएका छन् ।

भारतीय मिडियाहरूका अनुसार दुई ठाउँमा बादल फुटेपछि (क्लाउड ब्रस्ट) ठुलो क्षति भएको बताइएको छ । बादल फुटेपछि आएको बाढी र पहिरोले धेरै घर, विद्यालय र अस्पतालमा क्षति पुगेको छ । त्यस्तै चार पुल र १५ घरमा क्षति पुगेको छ। 

मध्यरातमा बर्षासहित बादल फाटेपछि ठूलो जनधनको क्षति भएको स्थानीय प्रशासनले उल्लेख गरेको छ । अहिले सडक सञ्जाल ठप्प रहेको र बेपत्ताको सङ्ख्या समेत यकिन नभएको स्थानीय प्रशासनलाई उदृत गर्दै मिडिया रिपोर्टमा बताइएको छ । 

अहिले भारतीय सेना, प्रहरीको टोलीले उद्धार गरिरहेको छ । सडक भत्किएकाले राहत र उद्धारमा पुग्न नै कठिन भएको उल्लेख गरिएको छ ।